रौतहट प्रेमपुर गोनाही निमाविमा पढाउँदै गर्दाकै अवस्थामा शिक्षक सुनिलप्रसाद यादवको निर्मम हत्या गरिएमो छ । ७ कात्तिकको दिन ३।४५ बजे तीन जनाको हतियारधारी समुहले कक्षाकोठामा प्रवेश गरी यादव माथि अन्धाधुन्ध गोली प्रहार गरी हत्या गरेका थिए । घाँटी र छातीमा गोली लागेका यादवको घटनास्थलमै मृत्यु भएको थियो । रौतहटकै ढरहरी ३ का स्थायी बासिन्दा यादव २०५१ साल देखि शिक्षण पेशामा संलग्न थिए ।
यादवको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना विरु¢ यादवका बाबु मिश्रीलाल यादवले कात्तिकमा इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिएका छन् । जाहेरीमा प्रेमपुर गोनाही ८ का रामजी महतो कोइरी राजीनन महतो र उनका छोरा दिनकर महतो गोनाही ७ का रामानन्द राउत र औरयाका बैकुण्ठ ठाकुरलाइ कारबाहीको माग गरिएको छ। प्रहरीाका अनुसार अभियुत्तमध्ये अहिलेसम्म राजिनन महतो र दिनकर महतो फरार रहेका छन् भने बाँकी पक्राउ परेका छन् । फरार राजिनन महतो माओवादी भातृ संगठन वाइसियलको कार्यकर्ता हुन् । उनी चितवन जुटपानीस्थित माओवादी छापामारको शिविरबाट केही समयअघि भागेका थिए। शिक्षक युनियन रौतहटले हत्यामा संलग्नलाई कारवाही पीडित परिवारलाई उचित क्षतिपूर्ति र शिक्षकहरुको सुरक्षाको माग गर्दै ७ कात्तिक २०६५ देखि जिल्लाका सबै सरकारी बिद्यालय बन्द गराएको छ । स्वर्गीय यादवको श्रीमती एक छोरी र दुइ छोरा छन् ।