Thursday, March 24, 2011

त्रिशुलीमा डुबेर एक किशोर बेपत्ता

रामेश्वर कार्की
धादिङ चैत १०
त्रिशुली नदीमा पौडि खेल्दै गर्दा डुबेर बिहिबार दिउँसो एक किशोर बेपत्ता भएका छन् । गजुरी २ छहरा निवासी १४ वर्षिय किशोर श्रेष्ठ दिउँसो गजुरी स्थित महादेवमन्दिर नजिकैबाट त्रिशुली नदीमा पौडि खेल्दै गर्दा नदीले बगाएर बेपत्ता बनाएको हो । मुनाल एकेडेमिको कक्षा ८ मा अध्ययनरत श्रेष्ठको साँझ सम्म पत्ता लागेको छैन । उनी संगै पौडिखेल्न गएको अन्य तिन जना भने शकुशल छन् । स्थानीयबासी र गजुरी प्रहरी तथा नेपाली सेनाको टोलिले दिनभरी खोजी गर्दा समेत फेला नपरेको प्रहरीले जनायो ।

धादिङमा आठ विद्यार्थी परिक्षा दिनबाट बि~ाचत

रामेश्वर कार्की
धादिङ चैत १०
प्रधानाध्यापक र विद्यालयले चरम लापर्वाही गरेका कारण दक्षिणी धादिङको किरााचोक गाविस स्थित किरााचोक कटुाजे माध्यामिक विद्यालयका चार छात्रा र चार छात्र समेत गरि आठ जना विद्यार्थीेले प्रवेशिका परिक्षा दिनबाट बिाचत भएका छन् ।
विद्यालयका प्रधानाध्यापक दामोदर शर्मा न्यौपानेले गत वर्ष टेष्ट परिक्षामा अनुर्तिण भएका विद्यार्थीहरुले फर्म भर्नु नपर्ने भनेपछि विद्यार्थीहरुले परिक्षा फारम नभरेका कारण परिक्षा दिनबाट बिाचत भएका हुन् ।
सबै विद्यार्थीहरुसंग प्रधानाध्यापक न्यौपानेले ५ सयका दरले परिक्षा दस्तुर असुल गरेको परिक्षा फारम आफैँ भरिदिउँला भनेकाले फारम नभरि आफूहरुमार्थी प्रधानाध्यापक न्यौपानेले अन्याय गरेको विद्यार्थी अशोक अधिकारीले जानकारी दिए ।
ूहामी प्रवेशीका परिक्षाको फर्म भर्न जाँदा हेड सरले गतवर्ष फर्म भरेकाहरुले यसपट भर्नु पर्दैन भनेर फर्काउनु भएको थियोू एक विद्यार्थीले भने ूअहिले हाम्रो प्रवेश पत्र आएन ।ू गत वर्षको टेष्ट परिक्षामा अनुतिर्ण भएका उनीहरु यसवर्ष भने उतिर्ण भएका थिए ।
प्रवेशिका परिक्षाबाट बिाचत हुनेहरुमा किरााचोकका परमेश्वर अधिकारी सुर्य सुवेदी अशोक अधिकारी मिगेन्द्र खड्का संगिता वि।s सुजाता मगर सरिता भण्डारी र शुसिला भण्डारी रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक भने सम्पर्क विहिन भएको उनिहरुले बताएका छन् । यता जिल्ला शिक्षा कार्यलय धादिङले उनीहरुको फर्मनै नआईपुगेको भन्दै उक्त विषयमा अनविज्ञता प्रकट गरेको छ । जिल्ला शिक्षा अधिकारी मानबहादुर क्षेत्रीले ति विद्यार्थीको परिक्षा फारम नै नआएकोले आफूले केही भन्न नसक्ने बताएका छन् । १० बर्षको मेहनत र परिश्रम अन्तिम समयमा खेर गएको भन्दै विद्यार्थीहरु दुःखीत भएका छन् ।
बिहिबारबाट सुरु हुने प्रवेशिका परिक्षामा यसपटक धादिङबाट नियमित तर्फ ४ हजार ८ सय ९० र एक्जाम्टेड तर्फ ९ सय परिक्षार्थी सामेल भएका छन् । धादिङको २० वटै परिक्षा केन्द्रमा सम्पूर्ण तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय धादिङले जानकारी दिएको छ । यो वर्ष खुल्ला विद्यालयबाट समेत ४० जना परिक्षर्थीले परिक्षा िदंदैछन् ।

Saturday, March 19, 2011

बन गोडमेलको नाममा व्यापक तस्करी

सीताराम अधिकारी 
धादिङ । समाचार संकलनको सिलसिलामा कालुपाण्डे मार्ग हुँदै सदरमुकामतर्फ लाग्दैगर्दा नलेखिएको तर ठूलो समाचार सडक भरि देखा पर्यो । कसैले पनि समाचार नबनाएको तर दिनदिनै हुने बन फडानीको नमूना सडकमा असरल्ल छ । 
बन गोडमेलको समाचारहरु स्थानीय संचारमाध्यामले प्रकाशन प्रसारण गरिहेका छन् । जिल्लाबाट प्रकाशित पत्रिकाहरुमा कूकाठहरु गोडमेलबाट निस्केका दाउरा तथा सल्ला काठ लिलाम विकि्रको सूचनाहरु समेत प्रकाशन भइरहेको हरेक जसो अंकमा देख्न सकिन्छ । यि सबै सूचनाहरु त देखाउने बहाना एउटा बैधानिकता दिने बाटो पो रहेछ । सडकमा आएर हेर्दा प्रस्ट भयो कि बन फाँडेर तस्करी गर्नेहरुको आम्दानी गर्नेहरुको सकि्रय गिरोह नै लागि परेकोले एक दुइ जनाको प्रयासले मात्र केही नहुने बनका कर्मचारीले समेत बताए । 
मलेखुबाट सदरमुकामसम्म पुग्दा बेलुकाको साँढे ७ बजेको थियो । सडकको दुरी १८ किलोमिटर मात्र रहेको छ । सडकमा गुड्ने गाडीको संख्या बेलुका भएको एकदमै कम थियो । मोटरसाइकल दुइचारओटा मात्र थिए । तर ट्रकमा काठ ओसार्ने क्रम यहि बेला ब्यापक हुने गरेको देखियो । आधा घण्टामा सदरमुकाम पुग्दा १६ वटा ट्रकमा काठ ओसारेको दृश्य देख्न पाइयो । ट्याक्रहरुले पनि उत्तिकै मात्रामा काठ ओसारेको देखियो । रातको समयमा ट्याक्टरमा मधुरो बत्ती भएकोले होला अर्को बत्तीको सहाराले ७ ओटा ट्याक्टरले पनि काठ ओसार्दै थिए । 
विकासको नाममा बाटो खन्न विद्यालय बनाउन तथा अन्य विकासको काम गर्नका लागि बन काट्ने र गोडमेल गरेको नाममा निस्केको कूकाठ भन्दै जंगलका सबभन्दा ठूला रुखहरु विकि्र गर्ने चलन बढेकोले यस्तो भएको सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र बस्नेतले बताउनुभयो । 
बन समुदायलाई हस्तान्तरण गरेका कारण सामुदायिक बनमाथी सबै अधिकार उपभोक्ताको हुने भएकोले आफूहरुको कुनै अधिकार नभएकोले बन छाँटकाँट गरेर निस्केको काठ विकि्र गर्न पाउने अधिकार उपभोक्ता समितिलाई नै भएको जिल्ला बन कार्यालयको भनाइ छ । तर सामुदायिक बनबाट निकासी गर्नु पर्ने काठको निकासी गर्नका लागि जिल्ला बन कार्यालयले निकासी अनुमति दिने गरेको काठ व्यवसायिहरुले बताएका छन् ।  
अहिले जिल्लाको चैनपुर मैदी नलाङ सलाङ खरी साङकोष नीलकण्ठ कल्लेरी कुम्पुर धुषा बेनीघाट बैरेनी गोगनपानी लगायतका गाविसहरुको बनहरुबाट ब्यापक रुपमा बन कटानी भएको भएपनि नियन्त्रण गर्नु पर्ने जिल्ला बन कार्यालयले कुनै पहल नगरेको उपभोक्ताहरुको गुनासो छ । 
मैदी नलाङ र मुरलीभाज्याङका उपभोक्ताहरुले नियन्त्रण गर्ने निकाय र काठ विकि्र गर्न कुकाठ भनेर अनुमति दिने निकाय समेतको मिलेमतोमा बन तस्करी बढेको बताएका छन् । 
अहिले सबै स-मिलमा हेर्ने हो भने दाउराको नाममा काटिएका गोलाइ काठ अत्याधिक मात्रामा देख्न सकिन्छ । गालो मोटो साल लगायतका राम्रो काठको रुपमा परिचित धेरै जसो काठ फर्निचर उद्योगमा बन तस्करहरुले बिकि्र गरिरहेको देख्न पाइन्छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा हालसम्म ६९ वटा फर्निचार उद्योग दर्ता भएको देखिन्छ । गतवर्षहरुको तुलनामा यो संख्या अत्याधिक रहेको बताइएको छ । 
जिल्ला बन कार्यलयले कुकाठको नाममा दिने निकासीको अनुमति व्यापक रुपमा दुरुपयोग भएको अवस्था । एक पटकका लागि दिइएको अनुमतिले महिनौँदिनसम्म प्रयोग गर्ने गरेको पाइएको छ । थोरैको अनुमति भएपनि अत्याधि लगेर विििक्र गर्ने र चेक जाँच समेत नगर्ने पायएको छ । तर काठको तस्करी हुँदै गरेको थाहा पाएको अवस्थामा जो कोहीले पनि बाटोमा रोकेर रकम असुल्ने गरेको काठ ढुवानी गर्दै गरेका एक गाडी चाललकले आफ्नो नाम नबताउन अनुरोध गर्दै बताएका छन् । 
पत्रिका एउटा थोरै र कू काठको लागि निकासी र विकि्रका लागि गरिएको सूचनाको आधारमा जिल्लाको बन २०४६ सालको तुलनामा तस्करी भइरहेको बन संरक्षणमा लागेका कार्यकर्ताहरुले बताए छन् । सिमित ठेकेदार बन उपभोक्ता समितिका केही व्यक्ति र बन कार्यालयका केही व्यक्ति मिलेर बन तस्करी भइरहेको देखेपनि कारबाही गर्नु पर्ने निकाय र अधिकारप्राप्त अधिकारी कानमा तेल हालेर बसेका छन् ।